गैरकानुनी सुविधा फिर्ता गरे–नगरेको अर्थ मन्त्रालयबाट निरन्तर अनुगमन


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १२ २०८२
1.8K
SHARES

१२ असोज काठमाडौं । पूर्वपदाधिकारीले गैरकानुनी रूपमा उपभोग गरिएका सुविधा सम्बन्धमा सरकारले कडाइका साथ अनुगमन अघि बढाएको छ । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयबाट पूर्वपदाधिकारीले गैरकानूनी रुपमा उपभोग गरिरहेका सेवा सुविधाबारे निरन्तर अनुगमन भइरहेको जानकारी गराएका हुन् ।

अर्थमन्त्री खनालले फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै कानुनले नदिएका सुविधा जबरजस्ती उपभोग गरिरहेका पूर्व पदाधिकारीलाई लक्षित गर्दै मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन्, ‘कानुनले नदिएको सुविधा जवरजस्ती उपभोग गरिरहनु भएका पूर्व पदाधिकारीले सुविधा फिर्ता गरे नगरेको अर्थ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको छ।’