सुनको मूल्य हालसम्मकै उच्च


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २० २०८२
1.3K
SHARES

२० असोज काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार (असोज २०) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३३ हजार १०० रुपैयाँमा कायम भएको छ । आइतबार (असोज १९) छापावाल सुन प्रतितोला दुई लाख ३० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । त्यस दिन सुनको मूल्य एकैदिन तोलामा सात हजार ४०० रुपैयाँले बढेको थियो ।

सोमबार चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।