आज पनि सुनको भाउले बनायो नयाँ रेकर्ड


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २२ २०८२
1.9K
SHARES

२२ असोज काठमाडौं । नेपाली बजारमा आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। हिजो सुन प्रतितोला २ लाख ३५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने सामान्य घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा २ हजार ९५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको थियो।