सुन चाँदीको भाउले दैनिक रेकर्ड ब्रेक गर्दै


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २३ २०८२
969
SHARES

२३ असोज काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

हिजो सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो।