सुनको मूल्यमा भारी गिरावट


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२
1.2K
SHARES

२४ असोज काठमाडौं । नेपाली बजारमा आज चाँदीको भाउले नयाँ कीर्तिमान बनाएको छ भने सुन सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४२ सय रुपैयाँ घटेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ।

हिजो सुन प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो।आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार २५ रुपैयाँमा किनबेच भएको थियो।