बैंक तथा वित्तीय संस्थाले ६ महिना मात्रै पनि सेयरमा लगानी गर्न पाउने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२
1.1K
SHARES

२४ असोज काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा सहजीकरण गरेसँगै सेयर किन्ने बेच्ने कार्यमा एकवर्षसम्म होल्ड गर्नुपर्ने प्रावधान हटेको छ । एक वर्ष होल्ड गनुपर्ने व्यवस्थालाई संसोधन गरी ६ महिना कायम गरिएको छ । यससँगै यसअघिको खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकम सम्मको लगानी मात्र बिक्री गर्न सक्ने भन्ने व्यवस्था हटाइएको छ । नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको व्यक्तिगततर्फको २५ करोड रुपैयाँको सीमा हटाएको छ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको सर्कुलरमार्फत पुरानो सीमा सम्बन्धी व्यवस्था खारेज गरेको हो। यसअघि कुनै एक वा सबै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमार्फत प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा कुल २५ करोड रुपैयाँ कायम गरिएको थियो। राष्ट्रबैंकले उक्त प्रावधान पूर्ण रूपमा हटाइदिएको जनाएको छ।

नयाँ निर्णयपछि अब हरेक व्यक्तिले बैंक तथा वित्तीय संस्थाहरूबाट जति आवश्यक छ त्यति सेयर धितो कर्जा लिन सक्ने अछन् । अर्थ मन्त्रालयले केही समयअघि गठन गरेको पूँजीबजार सुधार कार्यदलले सेयर धितो कर्जामा रहेको यो सीमा हटाउन सिफारिस गरेको थियो। सोही सुझावको आधारमा नेपाल राष्ट्र बैंले नयाँ व्यबस्था ल्याएको हो ।

यस निर्णयले पूँजी बजारमा लगानी बढ्ने र लगानीकर्ताहरूको पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ। अब बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्मका लागि मात्रै पनि सेयरमा लगानी गर्न पाउने छन् ।यसअघि यो व्यबस्था एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने थियो । यससँगै एकपटक किनेको सेयर एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले हटाएको छ ।