क्यासिनोलाई स्वीकृति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकको निर्देशन
२४ असोज काठमाडौं । क्यासिनो सञ्चालकलाई राष्ट्र बैंकले स्वीकृति लिएर मात्रै विदेशी विनिमयको कारोबार गर्न निर्देशन दिएको छ।राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै क्यासिनोलगायतका संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्न भनेको हो।
क्यसिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद ४ मा व्यवस्था गरिएको उल्लेख गर्दै भारतीय मुद्राका लागि पनि स्वीकृति लिन भनेको हो।