सुन तोलाको रु. २ लाख ४० हजार नाघ्यो


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २७ २०८२
798
SHARES

२७ असोज काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ४० हजार ४०० रुपैयाँ कायम भएको छ।

हिजो सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको छ। यो दिन सुनको भाउ तोलामा ३ हजार रुपैयाँले बढेको थियो।आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले बढेर चाँदी ३ हजार १२५ रुपैयाँमा कारोबार भएको थियो।