सुनको भाउमा भारी गिरावट
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक ९ २०८२
1.7K
SHARES
९ कार्तिक काठमाडौं । नेपाली बजारमा आज कात्तिक ९ गते सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको छ।
गत कात्तिक ३ गते सुनको भाउ तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा २६५ रुपैयाँले घटेको छ । यससँगै चाँदी ३ हजार १५ रुपैयाँ कायम भएको छ। गत कात्तिक ३ गते चाँदी ३ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट