फेरि महँगियो सुन
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक १४ २०८२
931
SHARES
१४ कात्तिक काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३९ हजार रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ स्थिर रहँदै तोलाको २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट