उद्योगको लाइन काट्दा ४५० मेगावाट खेर


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १५ २०८२
1.7K
SHARES

१५ कात्तिक काठमाडौं । देशभरिका २५ उद्योगको लाइन काट्दा विभिन्न निजी जलविद्युत् आयोजनाले उत्पादन गरेको ४ सय ५० मेगावाट खेर गएको छ ।

त्यसबापत नेपाल विद्युत् प्राधिकरण स्वयंलाई दैनिक ५ करोड रुपैयाँभन्दा बढी घाटा लाग्ने गरेको छ ।

अहिले देशभरिका १६ जलविद्युत् आयोजनाको ४ सय ५० मेगावाट विद्युत् ‘कन्टिन्जेन्सी’ मा रहेको प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक कमल आचार्यले जानकारी दिए ।