सुनको भाउमा सामान्य वृद्धि
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक १६ २०८२
1K
SHARES
१६ कात्तिक काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको भाउ तोलाको २ लाख ३९ हजारमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर ३ हजार ५५ रुपैयाँ कायम भएको छ। शुक्रबार तोलामा ८० रुपैयाँले बढेर चाँदी ३ हजार ६० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट