सुनको भाउमा भारी वृद्धि


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०८२
931
SHARES

२५ कात्तिक काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४९ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ६५ सय रुपैयाँमा किनबेच भएको थियो।