२१ सयले घट्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०८२
950
SHARES

२६ कात्तिक काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २१ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ४४ हजार ३ रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ भने सामान्य बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ७० सय रुपैयाँमा किनबेच भएको थियो।