घट्यो सुन चाँदीको भाउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २८ २०८२
2K
SHARES

२७ कात्तिक काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३२ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।