तोलामै ६ हजार ९ सयले घट्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक ३० २०८२
931
SHARES

३० कात्तिक काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलाको २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३१ सय ३५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३२ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।