नर्वेबाट प्राप्त पाँच मिलियन अमेरिकी डलर सहयोग स्वीकृत
२ मंसिर काठमाडौं । सरकारले नर्वेजियन सरकारबाट प्राप्त पाँच मिलियन अमेरिकी डलर स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रदेश तथा स्थानीय सरकार शासन सहयोगका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब पाँच मिलियन अमेरिकी डलर (करिब ७० करोड ५० लाख रुपैयाँ) स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए। यस्तै, स्वीजरल्यान्ड सरकारबाट प्राप्त हुने २.१ अमेरिकी डलर सहयोग स्वीकृत गरिएको उनले जानकारी दिए।