२५ अर्ब ५९ करोड चौधरी ग्रुपले कर बुझायो


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर ३ २०८२
988
SHARES

३ मंसिर काठमाडौँ । चौधरी ग्रुप (सीजी) ले गत आर्थिक वर्षमा राज्यलाई २५ अर्ब ५९ करोड रुपियाँ कर तिरेको खुलासा गरेको छ। यो रकम राष्ट्रको कुल राजस्वको करिब २.३ प्रतिशत योगदान हो।

ग्रुपका प्रबन्ध निर्देशक निवार्ण चौधरीले देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व महसुस भएको बताएका छन्। तर, कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले बढी कर तिर्ने विभिन्न निकायहरूलाई सम्मान गर्दा चौधरी ग्रुपलाई समावेश नगरेकोमा उनले गुनासो व्यक्त गरेका छन्। ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि अर्थमन्त्रीले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नु भएकोमा आभार,  चौधरीले भने।

देशको एकमात्र डलर अर्बपतिको कम्पनीले यति ठूलो कर योगदान दिँदा पनि सम्मान नभएको कारण सामाजिक सञ्जालमा कतिपयले कर छलेको आरोप लगाउन थालेपछि त्यसलाई खण्डन गर्दै चौधरीले भने, चुनौतीबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व छ।