प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८२
1.1K
SHARES

१४ मंसिर काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।  उनलाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको एसएसपी शिव श्रेष्ठले जानकारी दिए ।

यसअघि, कात्तिक ११ गते सीआईबीले प्रभु ग्रुपका अध्यक्ष तथा एमालेका पूर्वसंसाद देवीप्रकाश भट्टचनलाई समेत पक्राउ गरेको थियो ।एक साता थुनामा राखेका भट्टचलाई पछि भने जिल्ला सरकारी वकिल कार्यालयले थुनाबाहिर राखेर अनुसन्धान गर्न मिल्ने गरी हाजिरी जमानीमा छाड्न निर्देशन गरेको थियो ।

त्यसपछि उनी कात्तिक २५ गते थुनामुक्त भएका थिए । उनीमाथि आर्थिक अपचलन तथा ठगी गरेको आरोपमा मुद्दा चलाइएको थियो । बैंकका सीईओ शेरचनलाई समेत सोही प्रकरणमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।