अब महानगरमा बैंकहरुको शाखा समायोजन गर्न सकिने


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १५ २०८२
646
SHARES

१५ मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकले महानगरपालिका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको शाखा समायोजन वा एकीकरण गर्न सकिने व्यवस्था गरेको छ।केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत यस्तो व्यवस्था ल्याएको हो। विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयंले महानगरपालिकामा रहेका शाखा समायोजन वा एकीकरण गर्नसक्ने व्यवस्था मिलाइने समीक्षामा उल्लेख छ।

अन्तर्राष्ट्रिय असल अभ्यास र आन्तरिक रुपमा विकसित प्रचलनलाई दृष्टिगत गर्दै बैंक तथा वित्तीय संस्थामा पारदर्शिता, जबाफदेहीता र सुशासन अभिवृद्धिका लागि घुस तथा भ्रष्टाचारविरोध नीतिसम्बन्धी व्यवस्था गरिने पनि समीक्षामा स्पष्ट पारिएको छ।