मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई भारतीय पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १० २०८३
817
SHARES

१० जेठ काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरी शनिबार (जेठ ९) सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतको राजस्थान प्रदेशका २४ वर्षीय छोटुलाल जांगिड र २१ वर्षीय देन्वेन्द्रकुमार हरिजन रहेका नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेले जानकारी दिए ।

उनले भने, “ललितपुर महानगरपालिका–१४, खुमलटार बस्ने एक बालिकालाई फकाई भारतको दिल्ली जाने बसको टिकट काट्दै गरेको अवस्थामा पीडित बालिकाको उद्धार गरी उनीहरूलाई पक्राउ गरिएको हो ।” पक्राउ परेका उनीहरू दुवैजनामाथि मानव बेचबिखन तथा ओसारपसारअन्तर्गत कसुरमा थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता काफ्लेले बताए ।