एक्लै काफी छु भन्ने घमन्ड नदेखाउनू – उपनेता पद्मा अर्याल


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ३० २०८३
494
SHARES

३० भाद्र काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई एक्लै काफी छु भन्ने घमन्ड नदेखाउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै संसदीय दलकी उपनेता पद्मा अर्यालले एक्लै विपत्तिको सामना हुन नसक्ने बताइन्। उनले भनिन्, ‘यो विपत्तिको बेलामा एक्लै काफी छु भन्ने घमन्ड नगर्नुस्। देश र जनताको माया तपाईँलाई बढी हामीलाई कम भन्ने हुन सक्दैन। काम नै भएन भन्ने खोजेको होइन। अझ बेसी गर्न सकिन्थ्यो।’

विपद्को बेलामा सरकारले आवश्यक छलफल र समन्वय नगरेको कारणले धेरै क्षति भोग्नुपरेको आरोप लगाइन्। ठूलो विपद्को बेलामा आवश्यक परे अन्य मुलुकसँग सहयोग लिन सरकार हिचकिचाउनु नहुने उनको भनाइ छ।