आज पनि सुनको भाउमा गिरावट
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज २९ २०८३
342
SHARES
२९ आश्विन काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ११ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा २ लाख ८८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको २ सय २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार २५५ रुपैयाँमै कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट