मुक्तिनाथ विकास बैंकले पायो तीन विधामा अवार्ड
२८ आश्विन काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनेपेद्वारा आयोजित ‘फोनेपे अनर्स’ कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ । बैंकले डिजिटल भुक्तानी सेवाअन्तर्गत विभिन्न विधामा उत्कृष्ट कारोबार गरेबापत उक्त अवार्ड प्राप्त गरेको हो । बैंकले मोबाइल एपमार्फत सबैभन्दा धेरै रकम ट्रान्सफर गरेको विधामा ‘हाइएस्ट फोनेपे डाइरेक्ट भोल्युम (इसुअर)’, मोबाइल एपमार्फत सबैभन्दा धेरै क्यूआर भुक्तानी गरेको विधामा ‘हाइएस्ट फोनेपे क्यूआर भोल्युम (इसुअर)’ र क्यूआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार गरेको विधामा ‘हाइएस्ट फोनेपे क्यूआर भोल्युम (एक्वायरर)’ अवार्ड प्राप्त गरेको छ ।
डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन तथा विस्तारमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप प्राप्त यी अवार्डले बैंकको डिजिटल बैंकिङ सेवाप्रतिको प्रतिबद्धता प्रतिबिम्बित गर्ने बैंकले जनाएको छ ।
यस उपलब्धिले आगामी दिनमा थप सहज, सुरक्षित तथा प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न प्रेरणा मिल्ने बैंकको विश्वास छ ।बैंकले यस गौरवपूर्ण उपलब्धिमा साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहकवर्ग, साझेदार संस्था तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ ।