नेपाली सेनाले जडान गर्‍यो आरुघाटमा बेलीब्रिज


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०८३
437
SHARES

२ असोज गोरखा । नेपाली सेनाले बूढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको आरुघाटस्थित पुलको विकल्पमा बेलीब्रिज जडान गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ।

सेनाले ९० फिट लामो बेलीब्रिज जडान सम्पन्न गरी सोमबार  सडक आयोजनालाई हस्तान्तरण गरेको हो।

गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको भीषण बाढीले पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि धादिङ र गोरखाबीचको सडक आवागमन प्रभावित भएको थियो। त्यसपछि नेपाली सेनाले असोज ३१ गतेबाट बेलीब्रिज जडानको काम सुरु गरेको थियो। सेनाले कात्तिक १ गते नै जडान कार्य सम्पन्न गरेको थियो।

९० फिट (२७.४३ मिटर) लम्बाइ र १३.७८ फिट (४.२ मिटर)चौडाइको बेलीब्रिज जडान भएसँगै धादिङ र गोरखाका आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, बाढी प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री ढुवानी गर्न पनि सहज हुने नेपाली सेनाले विश्वास लिएको छ।