सुनको भाउमा सामान्य वृद्धि
१० कार्तिक काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा बृद्धि भएको छ भने चाँदी सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ। यससँगै आज प्रतितोला सुन २ लाख ८२ हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलाको २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ९७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ९९५ रुपैयाँमा किनबेच भएको थियो।