एनपीएलः सुदूरपश्चिममाथि लुम्बिनीको रबाफिलो जित
९ कार्तिक काठमाडौं । तेस्रो संस्कणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ ।भर्खरै सम्पन्न खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको हो ।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो डार्सी शर्टले १८ बलमा ४ चौका र तीन छक्काको मद्दतले ४० रन जोडे । आसिफ शेखले ३२ रन बनाए ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भयो ।
सुदूरपश्चिमका ब्याटर फ्लप साबित भए । उसका लागि दीपेन्द्र सिंह ऐरीले २७ तथा अनिल खरेल १५ रनमा अविजित रहँदा सैफ जइबले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका किशोर महतोले चार तथा शेर मल्लले तीन विकेट लिए । यस्तै, शेड्ली भान शाल्कविक, तिलक भण्डारी र रोहित पौडेलले एक–एक सफलता हात पारे ।