आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८३
209
SHARES

१७ कार्तिक काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ उकालो लागेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो। यससँगै आज प्रतितोला सुन २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ७४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ६७५ रुपैयाँ कायम भएको छ। हिजो तोलाको ३ हजार ७२० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।