देउवालाई गगनको आग्रह– तपाईँहरूको माग पूरा भइसक्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज १ २०८३
361
SHARES

१ असोज काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्णबहादुर खड्काले राखेको ८ र शेखर कोइरालाले राखेको ५ बुँदे माग सम्बोधन भएको बताएका छन्। सानेपामा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बनाउन आफूले सक्ने सबै गर्न तयार रहेको बताए। आजको बैठकमा पूर्वसभापति शेरबहादुर देउवा समूहका प्रभावशाली नेताहरू सामेल भएका छन्।

उनले देउवालाई भने, ‘३ र ४ गतेबाट हाम्रो वडा अधिवेशन हुँदै छ। उहाँले आएर वडा अधिवेशनको उद्घाटन गरिदिए हाम्रो लागि ठूलो सम्मानको विषय हुँदै छ। यो पार्टीको विधानले उहाँ सभापति हुने होइन, उहाँ जसरी पनि बिदा नै भएर जाने हो।’उनले इतर पक्षले राखेको सबै माग सम्बोधन भइसकेको भन्दै पूर्वपदाधिकारीहरूलाई पनि अधिवेशनमा सहभागी हुन आग्रह गरे।