हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ – प्रकाशमान सिंह
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असोज २ २०८३
551
SHARES
२ आश्विन काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले आफूहरू १५औँ महाधिवेशनका लागि अगाडि बढिसकेको बताएका छन् । गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उनले विधि, नियमलाई मिचेर गगन थापा अगाडि बढेको आरोप लगाए ।
“विशेष महाधिवेशन कांग्रेसको चाहना पनि थिएन, कसको चाहना पूरा गर्न गरेको हो । त्यस्तासँग को–को जान्छन् हामीलाई के थाहा ?” उनले भने । प्रजातान्त्रिक पद्धतिलाई मानेर उदाहरण सेट गरेर अघि बढ्ने उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट