महाकालीमा बेपत्ता सशस्त्रका असई थारुको शव फेला


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २८ २०८३
285
SHARES

२८ आश्विन काठमाडौं । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका असई सागरराज थारुको शव भेटिएको छ। भत्किएको दोधारा चाँदनी झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा थारुको शव फेला परेको हो।

भत्किएको झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा बोटबाट खसेर गत शनिबार महाकाली नदीमा थारु बेपत्ता भएका थिए। सशस्त्र प्रहरीको गोताखोर टोलीले समेत उनको खोजी गरिरहेको थियो।

महाकालीमा बेपत्ता भएको ५ दिनपछि थारुको शव भेटिएको हो। उनी बर्दियाको ठाकुरबाबा नगरपालिका–६, तुलसीपुरका हुन। गत शुक्रबार मात्रै उनी दोधारा चाँदनीको देवस्थानस्थित बीओपीमा हाजिर भएका थिए।

केहीदिन अघि दोधारा चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएर पुल महाकालीमा लत्रिएको छ। योसंगै टेलिकमको तार पनि चुँडिएको छ। महाकाली पारि दोधारा चाँदनीमा  टेलिकमको सम्पर्क स्थापना गर्ने उद्धेश्यले तार तान्ने क्रममा घटना भएको थियो।