बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न सूचना जारी


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २९ २०८३
114
SHARES

२९ आश्विन काठमाडौं । भारतीय अभिनेता आमिर खानका भान्जा एवं बलिउड अभिनेता इमरान खानलाई ‘फरेनर्स रिजनल रजिस्ट्रेसन अफिस’ले सूचना जारी गर्दै आगामी अक्टोबर २८ सम्ममा भारत छाड्न निर्देशन दिएको छ ।इमरान खानमाथि भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनमा सहभागी भई ‘फरेनर्स एक्ट’ (विदेशी नागरिकसम्बन्धी कानुन) उल्लंघन गरेको आरोप छ ।

इमरान खान मुम्बईको ‘अगस्त क्रान्ति मैदान’मा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनका क्रममा उनलाई प्रहरीले हिरासतमा लिएको थियो ।त्यसपछि भारतीय जनता पार्टी (भाजपा)का नेता किरीट सोमैयाले इमरान खान अमेरिकी नागरिक रहेको र उनले पर्यटक/विदेशी भिसाको नियम उल्लंघन गरेको आरोप लगाएका थिए । सोमैयाले यस सम्बन्धमा प्रहरीमा औपचारिक उजुरीसमेत दर्ता गराएका थिए ।

मुम्बई प्रहरीका अनुसार, गामदेवी प्रहरी स्टेसनमा खानले विदेशी एने उल्लंघन गरेको आरोपमा उजुरी दर्ता भएको थियो । पछि उक्त उजुरीलाई आवश्यक कारबाहीका लागि विदेी क्षेत्रीय दर्ता कार्यालयमा पठाइएको हो ।नाम नखुलाउने सर्तमा एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार, उक्त सूचनामा उनलाई अमेरिकी नागरिकका रूपमा उल्लेख गर्दै ‘अध्यागमन तथा विदेशी ऐन’ को दफा ७ र २९ उल्लंघन गरेको आरोप लगाइएको छ । सोही आधारमा उनलाई तोकिएको समयावधिभित्र भारत छाड्न निर्देशन दिइएको हो ।