बाघको आक्रमणबाट एक जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८३
228
SHARES

१८ कार्तिक चितवन । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मगलबार दिउँसो १४:०० बजेको समयमा निउरो टिप्न गएका चार जनामध्ये भरतपुर महानगरपालिका–२७ बस्ने ४६ वर्षीय भीम महतोलाई बाघले आक्रमण गरी लगेको थियो ।

घटनाबारे निजसँगै गएका साथीहरूले सोही दिन १७:४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराएका थिए ।जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजतलास गर्ने क्रममा आज बिहान १०:५५ बजे चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको हो । शव फेला परेको स्थान नजिकै रहेको बाघलाई डार्ट हानि नियन्त्रणमा लिइएको छ भने उक्त घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ ।