विश्वले कोरोनाभाइरससँगै बाँच्न सिक्नुपर्छः डब्ल्यूएचओ
१६ साउन काठमाडौं। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहोनम ग्रेब्रेयाससले संसारले कोरोनाभाइरससँगै बाँच्न सिक्नुपर्ने बताएका छन् ।संगठनको दैनिक पत्रकार सम्मेलनका क्रममा गेब्रेयाससले भने, ‘हामी सबैले यो भाइरससँग बाँच्न सिक्नुपर्छ र हामीले आफ्नो र अन्य व्यक्तिको जीवन रक्षा गर्दै बाँच्नका लागि आवश्यक सावधानी अपनाउन आवश्यक छ ।’
उनले हज यात्राको विषयमा साउदी अरबले लगाएको प्रतिबन्धको प्रशंसा गर्दै भने, ‘यतिबेलाको परिवर्तनले वास्तविकतासँग तालमेल मिलाउन के–के गर्न सकिन्छ भन्दै सरकारले यस्तो प्रकारको कडा कदम उठाएर उदाहरण पेश गरेको छ ।’उनले कोरोनाले युवालाई पनि अत्यधिक खतरा हुनसक्ने कुरा दोहोराए । उनले भने, ‘हामीले पहिले पनि चेतावनी दिइसकेका छौं र पुनः दोहोराइसकेका छौं कि उनीहरु पनि अछुतो छैनन् र जोखिममा छन् ।’
उनले भने, ‘युवा पनि कोरोना संक्रमित हुनसक्छन् । उनीहरुको पनि मृत्यु हुनसक्छ र उनीहरुले पनि अन्य व्यक्तिलाई संक्रमण फैलाउन सक्छन् । त्यसकारण उनलाई आफ्नो सुरक्षाबाहेक अन्यको सुरक्षाको उपाय पनि अवलम्बन गर्नुपर्छ ।’स्रोतः बीबीसी