सडकबाट पदको लेनदेन हुँदैन – मन्त्री ढकाल


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १ २०७७
7.8K
SHARES

१ चैत, काठमाडौ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेकपा (एमाले)मा बहुशक्ति केन्द्र निर्माण हुन नदिने बताउनु भएको छ ।

एमाले कोहलपुर नगर कमिटीद्वारा आज कोहलपुरमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा उहाँले अब पार्टी विधिमा अघि बढ्ने दाबी गर्नुभयो ।

एमालेका केन्द्रीय सदस्य रहनुभएका मन्त्री ढकालले पार्टीलाई विधिमा लैजानकै लागि पार्टीको महाधिवेशन मितिसमेत तय भइसकेको उल्लेख गर्नुभयो । हामी सडकबाट पद लिने र दिने गर्दैनौँ, विधिसम्मत तरिकाले अगाडि बढ्छौँ उहाँले भन्नुभयो,आगामी मङ्सिरमा हुने महाधिवेशनबाटै नेतृत्व चयन हुन्छ