डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ २३ २०७८
9.9K
SHARES
२३ जेठ काठमाडौं ।आज डेनमार्क सरकारले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप दिने भएको छ । डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका भीम सिंह तिंकरीले जानकारी दिएका छन ।
खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि उनले बताएका छन । यो कोभ्याक्स अन्तर्गतको भने नभएको उनले जानकारी दिएका छन।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट