लकडाउनको मोडालिटिमा परिर्वतन , के खुल्छ / के खुल्दैन ?


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ३० २०७८
5.2K
SHARES

३० जेठ काठमाडौं। काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञालाई अझै एक साता थप गरिने भएको छ। जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता लम्बाउने निर्णय भएको हो।

आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार ७ सम्म निषेधाज्ञा जारी नै राख्ने निर्णय गरेका हुन्। निषेधाज्ञा केही खुकुलो बनाइने भएको छ।

बैठकले अनलाइन डेलिभरी गर्न दिइने, खाद्यान्न पसलहरू बिहान ११ बजेसम्म खोल्न दिइनेलगायत निर्णय गरेको छ। पुस्तक पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइनेछन् भने हार्डवेयर पसल बेलुका ४ बजेपछि खोल्न दिने निर्णय पनि प्रजिअहरुले गरेका छन्।

त्यस्तै, रेस्टुरेन्टहरुबाट ‘टेक अबे’ गर्न पाउने निर्णय पनि प्रजिअहरुले गरेका छन्। पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिँदै छ। काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा छ।