एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ३१ २०७८
18.1K
SHARES

३१ जेठ काठमाडौं । आज पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। खनाललाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।

ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ।

खनाललाई यसअघि कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए। उनलाई पुन: स्वास्थ्यमा समस्या देखिएको छ।