गोरखामा नेता खड्काद्धारा स्वास्थ्य सामाग्री वितरण


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ३१ २०७८
7K
SHARES

३१ जेठ गोरखा । आज नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा  प्रतिनिधी सभा सदस्य सांसद चुडामणी खड्का “प्रकाश” ले पालुङ्गटार नगरपालिका र सिरान्चोक गाँउपालिका क्षेत्रका लागि स्वास्थ्य सामाग्री वितरण गर्नु भएको छ ।

नेता खड्काले पालुङटारको वडा नं १० स्थितको वडा कार्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामाग्रीमा ३०० थान एण्टिजेन किट , मास्क , स्यानिटाईजर लगायतको सामाग्री वितरण गरिएको छ ।

त्यसैगरी नेता खड्काले सिरान्चोक गाँउपालिकाको लागि पनि आज नै स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।अक्सिजन कन्स्ट्रेटर १ थान , एण्टिजेन किट ३०० थान , पिपिई सेट १०० थान लगायतको सामाग्री वितरण गरिएको उहाँको सोकिए सचिव सुदिव नगरकेटीले बताएका छन ।