वनमन्त्रीको पासपोर्ट अष्ट्रेलियामा भेटियो , मन्त्री नेपालमा
४ असार काठमाडै । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा वन तथा मन्त्री बनेका नारदमुनि रानाको नाममा रहेको रातो पासपोर्ट अष्ट्रेलियाको सिड्नीमा फेला परेको छ । तर, उनको पासपोर्टमा यात्रा गरेका व्यक्ति भने अझैसम्म गुमनाम छन् । ती व्यक्ति १० वर्षअघि अष्ट्रेलिया पुगेपछि गुमनाम बनेका हुन् ।
विशेष स्रोतले अनुसार मन्त्री रानाको १० वर्षअघिको कूटनीतिक पासपोर्टमा जन्म मिति १९७२ जुलाई १७ लेखिएको छ । पासपोर्ट नम्बर ०२१२४४ रहेको छ ।
तत्कालीन सभासद रानाको उक्त कूटनीतिक राहदानीको म्याद एक वर्षे रहेको थियो । सन् २०१० सेप्टेम्बर १९ मा बनेको पासपोर्टको म्याद २०११ सेप्टेम्बर १८ मा सकिएको थियो ।