शीतलनिवासमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरू


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार ४ २०७८
9.5K
SHARES

४ असार काठमाडौं। आजल राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा बोलाएकी छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू केही समय पहिले शीतल निवास पुगेका छन्।

गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास पुगेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।

स्रोतले भन्यो, ‘विपद्कै विषयमा जानकारी लिन बोलाइएको भनिएको छ। तर यही विषयका लागि राष्ट्रपतिले यसरी बोलाउनु नपर्ने हो।’