ज्वाला संग्रौला सहित तीन जना प्रहरी हिरासतमा


Capital Headline
प्रकाशित मिति : आइतबार, असार ६ २०७८
15.2K
SHARES

६ असार काठमाडौं । आज प्रहरीले आफूलाई सामाजिक अभियान्ता बताउने ज्वाला संग्रौलालाई पक्राउ गरी हिरासतमा लिएको छ। युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका संग्रौलालाई हिरासतलमा लिएर अनुसन्धान थालेको हो।

यस्तै संग्रौलासँगै हिमाल उपाध्याय र शर्मिला वाइवा पनि पक्राउ परेका छन्। पक्राउ परेका तीनै जनामाथि कुटपिट तथा अभद्र व्यवहार मुद्दा चल्ने महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले बताए।

उनीहरुविरुद्ध प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ।त्यसपछि खुस्बुले उनीहरुविरुद्ध टेकु प्रहरी परिसरमा उजुरी गरेकी थिइन्।

प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो। त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको हो।