सरकारमा गएर पनि सोचे जस्तो काम गर्न सकेनौं – अध्यक्ष ठाकुर


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ८ २०७८
13.2K
SHARES

८ असार काठमाडौ । आज जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्त ठाकुरले सरकारमा सहभागी भएपनि आफुले सोचेजस्तो काम गर्न नसकेको बताएका छन् ।मधेश संवाद समूहले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता ठाकुरले राज्य मधेश तथा थरूहटका समस्याप्रति गम्भीर नरहेको भन्दै सरकारमा सहभागी भएपनि आफुले सोचेजस्तो काम गर्न नसकेको बताएका हुन् ।

‘हामीले अहिले पनि निरन्तर थाहरुहटका आवाज उठाइरहेका छौं । तर राज्य त्यस्ता समस्याप्रति गम्भीर छैन,’ उनले भने ।थाहरुहटको माग पुरा नभए पीडित समुदाय सडकमा आउन सक्ने ठाकुरको भनाई थियो । नागरिकताको समस्या मधेशको मात्र नभएर पुरै देशको समस्या रहेको बताए ।

‘नागरिकता हाम्रो माग पनि थियो, प्रतिनिधिसभाले गर्न सकेन भने अध्यादेशबाट भएपनि समस्या समाधान गर्नुपर्छ भन्ने, र प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो,’ उनले भने, ‘त्यसलाई अदालतले कार्यान्वयन नगर्न भनेपनि सो समस्या मानवअधिकारसँग सम्बन्धित रहेकाले समाधान सोही अनुसार गर्नुपर्छ ।’