राष्ट्रपतिले प्रधानमन्त्री ओली नै चाहिन्छ भन्न पाउनु हुन्न – अधिवक्ता बन्दी


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ९ २०७८
14.9K
SHARES

९ असार काठमाडौं। आजबाच सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि बहस जारी छ। आजको बहसमा रिट निवेदकका तर्फबाट अधिवक्ता गोविन्द बन्दीले बहस गरेका छन्। अधिवक्ता बन्दीले विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले फेरि प्रधानमन्त्रीमा दाबी गर्न नमिल्ने तर्क गरेका छन्।

कन्फिडेन्स लुज गरेको प्रधानमन्त्रीले फेरि दाबी गर्न मिल्दैन। जसले कन्फिडेन्स लुज गरेको छ, फेरि त्यही व्यक्तिले मलाई प्रधानमन्त्री बनाउनुपर्‍यो भन्न मिल्छ श्रीमान् ?,’ बन्दीको प्रश्न थियो।

उनले ‘मलाई त्यही केटो चाहियो’ भनेजस्तै राष्ट्रपतिलाई ओली नै प्रधानमन्त्री चाहिन्छ भन्ने हुन नसक्ने बताए। संविधानको धारा ७६ (१) देखि २, ३ र ५ को पनि प्रधानमन्त्री ओली नै हुनुपर्छ भन्ने मनोविज्ञानबाट राष्ट्रपतिले काम गरेको बन्दीको तर्क छ। प्रधानमन्त्री नियुक्तिमा राष्ट्रपतिको नियत ठिक नदेखिएको भन्दै बन्दीले भने, ‘राष्ट्रपतिले एउटा गीतमा मलाई त्यही केटी चाहिन्छ भनेजस्तै, मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भनेजस्तो गर्नुभयो।’ अधिवक्ता बन्दीले राष्ट्रपतिले संविधानले दिएकोभन्दा धेरै अधिकार प्रयोग गर्न खोजेको बताए।

उनले भने, ‘संविधानको कुन चैँ धाराले ७६(५) बमोजिमको प्रधानमन्त्री दलको हुनुपर्छ भनेको छ ? राष्ट्रपतिले संविधानले दिएको भन्दा धेरै अधिकार प्रयोग गर्न खोजेको देखिएको छ।’