मन्त्रीहरूको कार्यविभाजन, कसलाई कुन मन्त्रालय ? (हेर्नुहोस सूचीसहित)
१० असार काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि प्रधानमन्त्री ओलीले मौजुदा मन्त्रीहरूको कार्यविभाजन गरेका हुन्।
जसअनुसार प्रधानमन्त्री ओलीले आफूसँग परराष्ट्र र रक्षा राखेका छन्। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, मन्त्री वसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सर्वोच्च अदालतले पुनर्गठनमा थपिएका मन्त्रीहरुलाई काम गर्न नदिन अन्तरिम आदेश दिएकाले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि मन्त्रीहरुलाई जिम्मेवारी थपिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा छ।
