उपत्यकामा सार्वजनिक सवारी साधन चल्न पाउने ।


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १४ २०७८
10.1K
SHARES

१४ असार काठमाडौ । असार  १५ गतेदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्ने भएका छन । सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

साे बैठकले काठमाडौं उपत्यका भित्र मात्र सञ्चालन हुने २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी साधन जोर विजारको आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डकाे पूर्ण परिपालन गर्दै भौतिक दुरी कायम हुने गरी बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, सहचालकले पञ्जा लागाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नु पर्नेछ ।

सार्वजनिक सवारी साधन विहान ६ बजे देखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ ।