आजदेखि सार्वजनिक बस सञ्चालनमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १५ २०७८
7.4K
SHARES

१५ असार काठमाडौ । कोरोना महामारीका कारण भएको लकडाउनका कारण दुई महिनापछि आजदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक बस सञ्चालन भएका छन् । कोरोनाको संक्रमण घट्दै गएका कारण खाद्य पसल पनि बिहान ६ बजेदेखि र अन्य पसल बिहान ११ बजेदेखि दिनभर खोल्न पाइनेछ ।

हिजो उपत्यकाका तनिवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा यही असार २१ गतेसम्म लम्ब्याउने तर जनजीवन सहज बनाउने निर्णय आजदेखि लागू भएको हो।

जसअनुसार आज असार १५ देखि २५ भन्दा बढी सिटवाला सार्वजनिक बसलाई पनि जोर,बिजोर प्रणालीमा सञ्चालन गर्न खुला गरिएको हो।

यसबमोजिम गतेको अंक जोर परेको दिन जोरवाला र बिजोर अंक परेको दिन बिजोरवाला नम्बर प्लेट भएका तर २५ भन्दा बढी सिट भएका बस चलाउन पाइनेछ।

कोरोनाको दोस्रो लहर सुरु भएयता गत वैशाख १६ गतेदेखि उपत्यकामा सार्वजनिक यातायात बन्द थियो भने निजी सवारीसाधन पनि जोर–बिजोर प्रणालीमा अघिल्लो हप्तादेखि मात्र खुला गरिएको हो।