स्वार्थका लागि ओली नेपालको खुट्टामा पनि पर्न सक्छन् : प्रचण्ड
१५ असार काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली स्वार्थका लागि जस्तोसुकै सम्झौता गर्न तयार रहेको बताएका छन् । स्वार्थका लागि ओलीले जे पनि गरेको प्रचण्डको भनाई छ ।
नागरिक समाजसँग वानेश्वरमा विपक्षी गठबन्धनका ५ दलले आयोजना गरेको अन्तर्क्रियामा प्रचण्डले भने, ‘आवश्यक परेमा ओली अहिले नै माधव नेपालको खुट्टामा पनि पर्न सक्छन्।
आफ्नो फाइदाका लागि जे पनि गर्ने, जस्तो पनि सम्झौता गर्ने केपी ओलीको प्रवृति छ। अहिलेको मोर्चामा ओली प्रवृतिको नेता कोही नभएको प्रचण्डको भनाइ छ। हामी ओली प्रवृतिवाला छैनौँ। उनी गणतन्त्रवाला पनि होइनन्,’ उनले भने।
आफू ३ वर्षसम्म ओलीसँग संगत गरेर आएकाले ओलीसँग सचेत हुनुपर्ने प्रचण्डको भनाइ थियो। उनले आफ्ना पुराना गल्तिलाई आफू सच्याउन तयार रहेको पनि बताए।