किसानको जायज माग सम्बोधन गर्न खनालको ध्यानाकर्षण


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १५ २०७८
4K
SHARES

१५ असार काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले उत्पादन वृद्धि गरी कृषिलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै उत्पादन बढाउनका लागि किसानका अधिकार सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

“कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि आवश्यक आधुनिक उपकरणहरू उपलब्ध गराउने, किसानका अधिकार सुनिश्चित गर्ने, कृषि प्रणालीको उत्पादनसम्बन्धी विशेष तालिमहरु प्रदान गरेर कृषि उत्पादन वृद्धि गरी कृषिलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको छ,” उनले भनेका छन् ।

नेता खनालले किसानहरुले उठाएका जायज मागको सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका छन् ।

“त्यस्तै समयमै मल, बिउ उपलब्ध गराउने, राहत, सहुलियत र अनुदान उपलब्ध गराउनेजस्ता किसानहरुले उठाउँदै आएका जायज मागहरुलाई सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै राष्ट्रिय धान दिवसको अवसरमा पुनः एकपटक शुभकामना दिन चाहन्छु,” खनालले भनेका छन् ।