अहिलेको संकट बारे पूर्व प्रधानसेनापति कटुवालको यस्तो धारणा
१५ असार काठमाडै । अहिले पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवालले अहिलेको संकटको मूल कारण नेपालको संविधान २०७२ रहेको बताएका छन् । उनले भने-“यो संविधान चाहीँ किन सारा समस्याको मूल कारण हो भने यो संविधान चाहीँ नेपाल र नेपालीको लागि र नेपालीको ईच्छाअनुसार बनेको होईन ।
म यो संविधान फाल्नैपर्छ भनेर म भन्दिन् । तर, यो संविधानमा मेजर एमेडमेन्ट गर्नुपर्छ । जुन यो देशको क्षमताले धान्न सक्दैनन्, त्यस्ता चिजहरु चाहीँ एमेडमेन्ट गर्नुपर्छ ।
जस्तै यो देशले धान्न नसक्ने एउटा त संघीयता हो । यो देशले चाहेको पनि होईन । खाजेको पनि होईन् । अर्को, धर्मनिरपेक्षतापनि हो । यो देशले चाहेको पनि होईन् । संघीयता हाम्रो देशको लागि अभिषाप भयो । अहिले हेरौं न, संघीयताले यो देशमा के-के फाईदा भयो त ?”
हिजाे राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफूलाई मन्त्री बनाईदेउ भनेर कहीँपनि नगएको स्पष्ट पारेका छन् । उनले अहिलेको अवस्थामा कुनै पनि नेताको घरमा धाउन नगएको जिकिर गरे । उनले आफू कसैको पनि ईशारा र ईच्छाअनुसार नचल्ने दाबी गरे ।
बरु, आफूले नेपाल र नेपालीको हितबारे सोच्ने गरेको पनि उनको भनाई छ । उनले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउनुपर्छ भनेर कहिल्यैपनि नभनेको र भन्नेवाला पनि नभएको दाबी गरे ।
केही समय अघि कटुवालले आफुलाइ मन्त्री बनाउनु पर्ने दावी सहित नेताहरु भेटेका खबरहरु बाहिरिएका थिए ।